विद्यालयका प्रधानाध्यापकलाई तनाव र चिन्ता कम गर्न ध्यान शिविर


काठमाडौं ।
झापामा शनिबारदेखि सामुदायिक र संस्थागत विद्यालयका प्रधानाध्यापकलाई भावातीत ध्यान शिविर सुरु हुँदै छ। संकल्प प्रतिष्ठानको आयोजना र महर्षी फाउन्डेसनको सह आयोजनामा सन्चालन हुन लागेको यो शिविर चार दिनसम्म सन्चालन हुने छ।
झापा क्षेत्र( ४ भित्र पर्ने सामुदायिक र संस्थागत विद्यालयका प्रधानध्यापकहरु ध्यान शिविरमा सहभागी हुने आयोजक संकल्प प्रतिष्ठानका अध्यक्ष दीपेन्द्र प्रसाईले जानकारी दिए।

झापाको सुरुङ्गास्थित लोटस पार्टी प्यालेसमा हुने यो चार दिने ध्यान शिविर ‘संबृद्धीका लागि संकल्प’ नारासहित संघीय साम्सद लाल प्रसाद साँवा लिम्बु (एलपी साँवा लिम्बु) को पहलमा सन्चालन हुन लागेको हो। दैनिक दुई घण्टा हुने ध्यानमा करिब एक सय जना प्रधानध्यापकहरुको सहभागिता रहने आयोजकको अनुमान छ।

माधव अर्यालले ध्यान शिविर सन्चालन गर्नेछन्। ‘तनाव कम गर्ने, जागृत बढाउने, सकारात्मक सोचको विकाशसहित हृदय रोग, मुटु रोग, मृगौला रोगजस्ता गम्भिर रोगको जोखिम न्युनिकरणमा यसले महत्वपूर्ण भूमिका खेल्ने छ’, अध्यक्ष प्रसाईले भने।