इजरायलबाट नेपालीको उद्धार गरी विमान राति ९ बजे फर्किने

0
Shares

काठमाडौं ।

इजरायलमा रहेका नेपाली विद्यार्थीको उद्धारका लागि गएको नेपाल एयरलाइन्सको विमान आजै राति ९ बजे फर्किने भएको छ ।

आतंकवादी समूह हमासले गत शनिबार इजरायलमा गरेको आक्रमणपछि त्यहाँ अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउन आज बिहान ४ बजे नेपाल एयरलाइन्सको विमान काठमाडौंबाट उडेको थियो ।

परराष्ट्रमन्त्री एनपी साउद कूटनीतिक समन्वयका लागि नेपाल एयरलाइन्सको विमानमा त्यसतर्फ गएका छन् । परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले नेपाल फर्कन चाहनेहरुलाई लिन दुई सय ५० सिट क्षमता भएको विमान इजरायल गएको जानकारी दिइन् ।