भारतीय प्रधानमन्त्री मोदी कालापानी क्षेत्रमा

0
Shares

दार्चुला ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिहीबार बिहानै नेपालको अतिक्रमित भूमि कालापानी क्षेत्र पुगेका छन् । हेलिकोप्टरबाट बिहान साढे ८ बजे नेपाली भूमि कुटीस्थित जोलिङ्काङ उत्रिएका छन् ।

मोदीले जोलिङ्काङमा पूजापाठ गरेका छन् भने कैलाश पर्वतको दूरदर्शन गर्ने कार्यक्रम रहेको जनाइएको छ । कैलाश दर्जनपछि त्यहाँबाट नेपाली अतिक्रमित भूमि गुञ्जीमा स्थानीयसित छलफल गर्ने बुझिएको छ । नेपाली अतिक्रमित भूमि कुटी, नावी, गुञ्जी गाउँ र भारतीय रोङकाङ, नपलच्यू, गर्ब्याङ गाउँका स्थानीयबासीसँग समान्य छलफल गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

मोदीले कालापानी क्षेत्रमा तैनाथ मोदीले भारतीय सेना, इन्डो–तिब्बत बोर्डर पुलिस, सशस्त्र सीमा बल र सुरक्षा अधिकारीसँग पनि भेटघाट तथा छलफल गर्नेछन् । मध्याह्न १२ बजे मोदी अल्मोडा जिल्लामा पर्ने जागेश्वर धामको दर्शन र पूजापाठ गर्न जाने कार्यक्रम रहेको बुझिएको छ । भारतीय प्रधानमन्त्री मोदीको भ्रमण हुने ठाउँहरुमा नेपालीलाई प्रवेशमा रोक लगाइएको छ ।