नक्कली नोटसहित तनहुँबाट दुई जना पक्राउ

0
Shares

काठमाडाैं । 

नक्कली नोटसहित तनहुँबाट प्रहरीले दुई जनालाई आज पक्राउ गरेको छ। पक्राउ परेका दुवै जनालाई बुधबार तनहुँ जिल्ला अदालतबाट मुद्रासम्बन्धी मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरुको साथबाट नक्कली एक हजार रुपैयाँका १७६ थान नोट बरामद भएको छ।

व्यास-१ गल्वुबेंसीमा रिचार्ज कार्ड खरिद गरी उक्त नक्कली नोट दिँदा स्थानीयलाई शंका लागेपछि प्रहरीमा खबर गरेका थिए। स्थानीयवासीले उपलब्ध गराएको हुलियाका आधारमा प्रहरीले रामदासलाई नक्कली एक हजार रुपैयाँको नोटसहित पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले बुलिङटार घर भएका २८ वर्षीय कृष्ण रामदास र तनहुँको ऋषिङ गाउँपालिका(३ का २४ वर्षीय सुरज सुनुवारलाई पक्राउ गरेको तनहुँ प्रहरीले जनाएको छ।