उपराष्ट्रपति यादव सिभिल अस्पतालमा भर्ना

0
Shares

काठमाडौं ।

उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई डेंगु संक्रमण पुष्टि भएको छ । उनी बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना भएका छन् ।

उनका निजी चिकित्सक शिवजी सिलवालका अनुसार अहिले भने स्वास्थ्यमा तुलनात्मक सुधार भएको छ । उपराष्ट्रपति यादव सोमबारदेखि नै अस्वस्थ थिए । निवासमै उपचार गरिरहे पनि ठीक नभएपछि बुधबार साँझ सिभिल अस्पतालमा भर्ना गरिएको थियो । त्यतिबेला राष्ट्रपति रामचन्द्र पौडेलले उपराष्ट्रपति यादवलाई टेलिफोन गरेर स्वास्थ्य लाभको कामना समेत गरेका थिए ।