सिटिजन्स म्युचुअल फन्ड-२ को नगद लाभांश खातामा जम्मा

0
Shares

काठमाडौं ।

सिटिजन्स म्युचुअल फन्ड–२ ले आफ्ना इकाइधनीलाई नगद लाभांश वितरण गर्न सुरु गरेको छ । फन्डले इकाइ धनीलाई असोज ८ गतेबाट बैंक खातामा नगद लाभांश पठाउन थालेको हो ।

यता, फन्डको योजना व्यवस्थापक सिटिजन क्यापिटलले हालसम्म डिम्याट खातामा बैंक खाता अद्यावधिक नगराएका इकाइ धनीहरुलाई खाता अद्यावधिक गराउन भनेको छ ।

यसका लागि इकाइ धनीले आफ्नो डिम्याट खाता खोलेको निक्षेप सदस्यमा गएर इकाई डिम्याट गर्नुपर्नेछ । यसैगरी, हालसम्म हितग्राही खाता नखोलेकाले भने खाता खोलेर इकाई डिम्याट गर्नुपर्नेछ । खाता अद्यावधिक गरे पछि मात्र लाभांश जम्मा हुने सिटिजन क्यापिटलले जनाएको छ । आर्थिक वर्ष २०७९(८० को नाफाबाट फन्डले कर सहित ८५ नगद लाभांश वितरण गरेको हो ।