विपी प्रतिष्ठानका चिकित्सकले दिए सामूहिक राजीनामा

0
Shares

विराटनगर ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सकले सामूहिक राजीनामा दिएका छन् । लामो समयदेखि बढुवा रोकिएको भन्दै १७७ जना डाक्टरले शुक्रबारबाट लागू हुनेगरी सामूहिक राजीनामा दिएका हुन् ।

चिकित्सक र कर्मचारीको बढुवा रोकिएपछि आन्दोलनरत चिकित्सकले बुधबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई मन्त्रालयमा भेटेर राजीनामापत्र बुझाएको डाक्टर एसपी रिमालले जानकारी दिए ।

चिकित्सकहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पनि भेटेर ज्ञापनपत्र बुझाएका थिए । पटक पटक सहमति भएपनि कार्यान्वयन नभएपछि राजीनामा बुझाएको उनले बताए ।