सदाका लागि इजरायलमा अस्ताए डोटीका पदम र राजन

0
Shares

डोटी । 

सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान संकायबाट ‘अर्न एण्ड लर्न कार्यक्रम’ मार्फत इजरायल पुगेका डोटीका दुई जना बिद्यार्थी पदम थापा र राजन फुलारा सदाका लागि इजरायलमै अस्ताएका छन् । डोटीको आदर्श गाउँपालिका–५ घर भएका पदम थापा सुन्दर भविष्यको कल्पना गरेर इजरायल जानु भएको थियो । सुदूरपश्चिम विश्वविद्यालयको बिएस्सी एजीका विद्यार्थीका लागि ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत इन्टर्नसिपमा अध्ययन गर्न उहाँ इजरायल पुग्नु भएको थियो । एक महिना अगाडि मात्रै थापाका घरपरिवार,आफन्त साथीभाइ, इष्टमित्रहरुले इजरायल बसाइँ सुखद होस् सोचेका सपना पुरा होस् भनेर उनको फोटो राखेर शुभकामना दिनेको भिड थियोे । दैव दसा लागेपछि कसको के लाग्थ्यो र ?

इजरायलमा पेलेस्टायनी बिद्रोही समूह हमासले गरेको आक्रमणमा परि सुन्दर सपनालाई बुन्न नपाउँदै उहाँ सदाको लागि अस्ताउनुभयो । यही असोज २० गते डोटी लगायत सुदूरपश्चिमका धेरै ठाउँमा भुकम्प गएको थियो । विहान ११ बजेर ४५ मिनेट तिर गएको भुकम्पका बारेमा अन्तिम कुराकानी भएको थियो पदम थापा र उहाँकी भाउजु (जल स्रोत तथा सिचाइ विकास डिभिजन कार्यालय राजपुर डोटीमा कार्यरत) मेखु अधिकारीले बिच ।

अधिकारीले देवर बाबुसँग हामी त भुकम्प काट बच्दैनौ कि बाबू सधैं डोटीमा त भुकम्प आइरहेको कुरा भिडियो कलमा दुबै जना खुसी हुँदै केही समय मिठा बात गरेका थियौँ अधिकारीले भन्नुभयो, ‘छोटो कुराकानी बाट छुटिएर आ–आफ्नो काम तिर गयौँ । नभन्दै उहाँका देवरबाबु पदम थापाले म मरे अब भाउजू भनेर पठाएको म्यासेज उहाँले तुरुन्तै हेर्ने पाउनु भएन उहाँ आफ्नो काममा व्यस्त हुनुभयो । उहाँले उक्त म्यासेज केही समयपछि हेर्नुभयो म्यासेज हेर्दा त म मरे अब भाउजू भनेर अफलाइन भैसकेका थिए देवर बाबू ।

उहाँले त्यो म्यासेज पछि धेरै पटक फोन,म्यासेज गरेर एकोहोरो छट्पटी रहनुभयो उहाँलाई यो के कुरा गरेको होला ? के भन्न खोजेको होला ? भनेर छट्पटाई रहनुभयो । उहाँलाई देवरबाबुको म्यासेज देखेर के भएको हो सो बारेमा जान्न खोज्दा पनि थापा भने अफलाइन भैसकेका थिए । त्यसपछि अधिकारीले बिभिन्न सञ्जालहरुमा इजरायलमा नेपाली विद्यार्थीहरु पनि आक्रमण परेको खबर सुन्दा डराउनुभयो । बुढा सासुससुरालाई त्यो कुरा सुनाउन उहाँलाई सकस भयो । सामाजिक सञ्जाल भरी इजरायलमा घटेको घटनाको समाचार धमाधम आउन थाले उहाँको मन अतालियो उहाँले आफ्नो देवरबाबु सँग दोस्रो संवाद समेत गर्न पाउनु भएन । अधिकारीका श्रीमान दानबहादुर थापा आदर्श गाउँपालिकामा इन्जिनियर हुनुहुन्छ । उहाँले त्यतिबेला नै श्रीमतीलाई फोन गरेर इजरायलमा भएको घटानाको बारेमा केही थाहा पाउनु भएका विषयमा सोध्नुभयो । अधिकारीले जवाफ दिनुभयो एकछिन अगाडि मात्रै बाबूसँग कुरा भएको हो एकासी मलाई म मरे भनेर म्यासेज गरेका छन् तर बाबु अफलाइन भैसकेका छन् भनेर श्रीमान श्रीमतीले कुरा गरे ।

केही समयपछि घटनाको बारेमा बुवाआमालाई सुनाउँदा सबै जना चिन्तामा परे । थापाका बुवा प्रेसरका बिरामी हुन झन छोरा भएको ठाउँमा त्यो घटना भएको कुरा सुन्ने बित्तिकै थापाका बुवा टीकाबहादुर थापा मलिन अनुहार लगाएर ठुलो चिन्तित भए । कयौं सपना बोकेर छोरो इजरायल गएको एक महिना नहुँदै अप्रिय घटनाको बारेमा कसको मन नआतिएला र । तर थापाका बुवालाई छोराको पिरले झन प्रेसर बढ्दै गयो छोराको बारेमा सुभ समाचारको प्रखाइमा रहेका उनका बुवालाई प्रेसरले बढी च्यापि सकेको थियो ।

त्यसपछि मृतक पदमका बुवा राजपुर स्थित सुजङ अस्पतालमा भर्ना भएका छन् । अस्पतालको शैयामा भएका थापाका बुवालाई केही थाहा छैनन् छोराको अवस्थाका बारेमा । भाइले सदाको लागि स–परिवारलाई छोडेर गएको पीडा एकातिर छ अर्को तिर बुवालाई अस्पताल भर्ना गर्नुपर्ने बाध्यता आइलागेको छ । भाइको सपना पूरा गर्न इजरायल पठाएको एक महिना पूरा नहुँदै यस्तो बज्रपात आइलागेको छ थापा परिवारलाई । भावविह्वल छन् थापाका परिवारहरु ।

नेपाल फर्केर लोकसेवा लड्ने राजन फुलाराको सपना इजरायलमै बिलायो
साविकको पचनाली–३ हाल शिखर नगरपालिका पचनाली डोटीका राजन फुलाराको नेपालमा आएर लोकसेवा लड्ने सपना इजरायलमै बिलाएको छ । सुदूरपश्चिम विश्वविद्यालयको बिएस्सी एजीका विद्यार्थीका लागि ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इन्टर्नसिपमा अध्ययन गर्न इजरायल पुगेका राजनले एक हप्ताअघि आफ्ना काका राजेन्द्र फुलारासँग भिडियोमा कुरा गर्दै आफू नेपाल आएर लोकसेवा आयोगको तयारी गर्ने योजना सुनाएका थिए । तर, इजरायलमा भएको हमलामा उहाँको ज्यान गएको छ ।

राजनसँगको कुराकानी सम्झीदै राजेन्द्रले भन्नुभयो, ‘यहाँ त केही सिक्ने हो अंकल, गर्ने त आफ्नै देशमा हो, नेपाल आएर लोकसेवाकै तयारी गर्छु ।’ जिल्ला अस्पताल डोटीमा कार्यरत काका राजेन्द्रसँग मोबाइलको क्यामेरा फर्काउँदै केही दिन पहिले राजनले भन्नु भएको रहेछ, ‘ऊ त्यही हो अंकल गाजा, यहाँ जतिवेला पनि आक्रमण हुन सक्छ, हामीलाई हमला हुनेबित्तिकै बंकरमा बस्न पनि सिकाइएको छ ।’ बिद्रोहीको उक्त आक्रमणछोरा गुमेको खबरले यता घरमा राजनका बुबा घनश्याम विक्षिप्त बनेर बेहोस अवस्थामा छन् । घनश्याम ऋण सापट गरेर छोरालाई उच्च शिक्षा पढाइरहेका थिए । अकालमै छोरा गुमेपछि राजनका बुवा सहित सम्पूर्ण घर परिवार अहिले सोकमा डुबेको छ । उक्त आक्रमणमा परी १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएका छन् । आफ्ना छोराहरुको सव चाडो नेपाल ल्याउनका लागि उनीहरुका घर परिवारले सरकारसँग माग गरेका छन् ।