एमाले कार्यकर्ताहरू सुरक्षा घेरा तोडेर धावनमार्ग प्रवेश

0
Shares

काठमाडाैं । 

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई स्वागत गर्न जनकपुरमा पार्टीका कार्यकर्ता जहाजको ढोकैसम्म पुगेका छन्। बुधबार एमाले मधेश प्रदेशको अधिवेशन उद्घाटनका लागि यति एयरलाइन्सको जहाजबाट जनकपुर विमानस्थलमा पुगेका ओलीलाई स्वागत गर्न एमाले कार्यकर्ता धावनमार्गमै पुगेका हुन्।

विमानस्थलभित्र यात्रु र सर्वसाधरणले बोर्डिङ पासबिना जहाजको छेउमा जान पाइँदैन । नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार जनकपुरमा आज हवाई सुरक्षाको गम्भीर उल्लंघन भएको छ। जनकपुरको घटनाबारे प्राधिकरणलाई औपचारिक जानकारी भइनसकेको उनले बताए। एमाले मधेश संसदीय दलका नेता सरोज यादवले भने कार्यकर्ताहरू धावनमार्गमा नगएको जिकिर गरे।