राहुलको बयान : भेप छुटाउन दबाब दिएको होइन

के भएर रोकिएको हो भनेर सोधपुछमात्र गरेकाे हुँ

0
Shares

काठमाडौं ।

भेपमा लुकाई तस्करी गरी ल्याएको सुन प्रकरणमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महराले चिनियाँ नागरिक दाओजिन वाङले अनुरोध गरेपछि तत्कालीन भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठलाई फोन गरेको स्वीकार गरेका छन् ।

भेप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयले समातेपछि चीनका पुरानो साथी वाङले आफूलाई अनुरोध गरेपछि तत्कालीन भन्सार अधिकृत श्रेष्ठलाई त्यसबारे बुझ्न फोन गरेको बताएका छन् । तर, सुन तस्करी प्रकरणमा आफ्नो संलग्नता नरहेको उनको दाबी छ ।

सरकारी वकिलको रोहबरमा प्रहरीलाई दिएको बयानमा राहुलले चिनियाँ साथी वाङको अनुरोधमा विमानस्थलस्थित भन्सार कार्यालयमा रोकिएको भेप निकाल्न मिल्छ कि मिल्दैन बुझिदिनुपर्‍यो भनेर प्रमुख भन्सार अधिकृत श्रेष्ठलाई फोन गरेको बताएका छन् ।

के भएर रोकिएको हो भनेर सोधपुछ गरेको थिएँ । छुटाउन दबाब दिएको होइन र यो प्रकरणमा मेरो अरु संलग्नता छैन,’ उनले बयानमा भनेका छन् । विमानस्थलका प्रमुख भन्सार प्रशासक अरुण पोखरेललाई भेट्न उनको कार्यकक्षमा पनि पुगेको महराले बयान दिएका छन् ।