नेपाली ल्याउन जहाज आज इजरायल जाँदै

0
Shares

काठमाडाैं ।

इजरायलमा फसेका नेपालीलाई नेपाल फिर्ता ल्याउन नेपाल एयरलाइन्सको जहाज जाने भएको छ। बुधबार राति ११ बजे नेपाल एयरलाइन्सको जहाज उड्न लागेको परराष्ट्र मन्त्री एनपी साउदको सचिवालयले जनाएको छ।

उनका अनुसार दुबईमा ट्रान्जिट गरी इजरायलका लागि नेपाल एयरलाइन्सको जहाज उड्न लागेको हो। घर फर्किन चाहने नेपालीहरू ३५० भन्दा बढी तेल अभिभस्थित नेपाली दूतावासको सम्पर्कमा छन्।

उक्त समूहको आक्रमणबाट कञ्चनपुरको महेन्द्रनगरका विपिन जोशी बेपत्ता छन्। उनका साथीहरूको सहयोगमा तेल अभिभस्थित नेपाली दूतावासले विभिन्न अस्पतालमा विपिनको खोजी गरिरहेको छ।

दूतावासले बुधबार बिहान परराष्ट्र मन्त्रालयलाई अस्पतालहरूमा खोजी गर्दा विपिन घाइते अवस्थामा फेला नपरेका र खोजीका लागि इजरायली प्रहरीको सहयोग मागिएको जानकारी गराएको छ। प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासको आक्रमणबाट १० जना नेपालीको मृत्यु समेत भएको छ।