युरो २०२८ यूकेमा हुने



लन्डन, (एजेन्सी) । संयुक्त अधिराज्य (यूके) र गणतन्त्र आयरल्यान्डले आगामी सन् २०२८ को युरोपियन च्याम्पियनसिप आयोजना गर्ने यूईएफाले जानकारी गरेको छ ।

टर्की प्रस्तावबाट हटेपछि संयुक्तरुपमा राखिएको आयोजक प्रस्तावमा कुनै विरुद्ध भएन र यूइएफएले स्विकार गरेको पनि बताइयो । टर्कीले आगामी युरो २०३२ का लागि इटालीसँग आयोजक प्रस्ताव राख्नेमा ध्यानकेन्द्रित गर्ने बताएको थियो ।

गणतन्त्र आयरल्यान्ड, उत्तरुी आयरल्यान्ड र वेल्सले अहिलेसम्म फुटबलका ठूला प्रतियोगिता आयोजना गरेका छैनन् । युरो २०२८ का खेलहरु विभिन्न १० मैदानमा हुनेछन् । वेम्बलीसहित हेम्पडेन पार्क, कार्डीफको प्रिन्सिपालीटी रंगशाला र डबलिनको अभिभा रंगशाला, बेलफास्टको केसमेन्ट पार्क तथा एभर्टनको ब्रामली मुरे डक रंगशालामा खेल संचालन हुनेछन् ।

टर्की गत साता युरो २०२८ को आयोजक बन्ने प्रस्तावबाट हटेको थियो । टर्कीले म्यानचेस्टर सिटी र इन्टरमिलानबीच भएको जुनको च्याम्पियन्स लिग फाइनल आयोजना गरेको थियो । यो खेल इस्टानबुलको अटाटुर्क ओलम्पिक रंगशालामा भएको थियो । तर, प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगिता भने टर्कीमा कहिल्यै भएको छैन ।

प्रतिक्रिया दिनुहोस्