इंग्ल्यान्डको बंगलादेशमाथि शानदार जित



नयाँ दिल्ली, (एजेन्सी) । जारी विश्वकपमा पहिलो खेलमा हारेको इंग्ल्यान्डले मंगलबार धर्मशालामा भएको खेलमा बंगलादेशमाथि १ सय ३७ रनको शानदार जित निकाल्यो ।

गत साता इंग्ल्यान्ड न्युजिल्यान्डसँग ९ विकेटले नराम्ररी हारेको थियो । यसपटक भने इंग्ल्यान्डले ९ विकेटको क्षतिमा ३ सय ६४ रन बनाएर उत्कृष्ट ब्याटिङको नमूना पनि पेश ग¥यो । टोलीका लागि डाविड मालानले शानदार १ सय ४० रन समेत बनाए । टोलीको जितमा मालानको प्रदर्शन नै कारक बनेको थियो । अन्यथा अरु खेलाडीले त्यति राम्रो प्रदर्शन गर्न सकेनन् ।

मालानले पहिलो विकेटका लागि जोनी बेयरस्टोसँग १ सय १५ रन र जोए रुटसँग १ सय ५१ रनको साझेदारी गरेका थिए । रुट र मालानले ३८ औं ओभरमा टोलीको स्कोर १ विकेटको क्षतिमा २ सय ६६ रनसम्म पु¥याएका थिए । बेयरस्टोले ५२ रन बनाए भने रुटले ८२ रन जोडेका थिए ।

इंग्ल्यान्डले विश्वकपमा आफ्नो कीर्तिमान स्कोर तोड्नेतिर लागेको थियो । तर, बाँकी ८ विकेट मात्र ९६ रन बनाउँदा गुमाएपछि इंग्ल्यान्डले नयाँ कीर्तिमान स्कोर बनाउन सकेन । इंग्ल्यान्डको विश्वकपमा अहिलेसम्मको उच्चतम स्कोर ३ सय ९७ हो । यो इंग्ल्यान्डले गत विश्वकपमा अफगानिस्तानविरुद्ध बनाएको थियो ।

जवाफमा बंगलादेशको इनिङ २ सय २७ रनमा समेएिको थियो । टोलीका लागि लिटन दासले ७६ रन र मुश्फीकुर रहिमले ५१ रन जोडे पनि जितको लागि पर्याप्त थिएन । कप्तान शकिब अल हसन मात्र १ रनमा पभेलियन फर्के । इंग्ल्यान्डका रिस टपलीले सर्वाधिक ४ विकेट लिएका थिए ।

पहिलो खेलमा इंग्ल्यान्डको ब्याटरले संघर्षरत गरेका थिए । उनीहरुले २ सय ८२ रन मात्रै बनायो । २ सय ८३ रनको लक्ष्य न्युजिल्यान्डले ४० ओभरभित्रै प्राप्त गरेर इंग्ल्यान्ड बलरमाथि पनि प्रश्न चिह्न तेर्साएको थियो । बंगलादेशविरुद्ध भने मालानले अविस्मरणीय ब्याटिङ गरेर टोलीको आत्मविश्वास बढाइदिएका छन् ।

प्रतिक्रिया दिनुहोस्