उपाधि दावेदारीमा दक्षिण अफ्रिका अगाडि



नयाँ दिल्ली, (एजेन्सी) । भारतमा भइरहेको आईसीसी क्रिकेट विश्वकपमा उपाधि दावेदारीको रुपमा तीन टोली अहिलेसम्म अग्रपंक्तिमा रहेका छन् । पहिलो खेलको नतिजाको आधारमा हेर्दा दक्षिण अफ्रिका सबैभन्दा अगाडि छ । दक्षिण अफ्रिकाले धमाकेदार शुरुवात गरेको छ । अन्य दुई टोलीमा न्युजिल्यान्ड र आयोजक टोली भारत रहेका छन् । तर, पाँच पटकको विजेता अस्टे«लिया कमजोर देखिएको छ भने गत संस्करणको विजेता इंग्ल्यान्डको प्रदर्शन पनि खासै देखिएन ।

दक्षिण अफ्रिका र न्युजिल्यान्डले हरेक विश्वकपमा राम्रो प्रदर्शन गर्दै आए पनि अहिलेसम्म उपाधि भने जित्न सकेका छैनन् । यो दुई टोलीमा न्युजिल्यान्ड त दुई पटक फाइनलमा पुगिसकेको टोली समेत हो । २०१५ मा आफ्नै भुमिमा भएको विश्वकपमा न्युजिल्यान्ड फाइनलमा अर्को सहआयोजक अस्टे«लियासँग पराजित हुनु प¥यो । जबकी समूह चरणमा न्युजिल्यान्डले अस्टे«लियालाई हराएको थियो । यो नतिजाले फाइनलमा पक्कै न्युजिल्यान्ड जित्छ भन्ने सबैको अनुमान थियो । तर, फाइनलमा अस्टे«लियाले एकतर्फी जित निकाल्यो र न्युजिल्यान्डलाई निरास तुल्यायो ।

यसपछि न्युजिल्यान्ड गत विश्वकप २०१९ को फाइनलमा पुग्यो । यो पटक पनि न्युजिल्यान्ड बलियो थियो तर, फाइनलमा इंग्ल्यान्डसँग चौका बढी कसले प्रहार गरेको आधारमा पराजित भयो । यो खेलमा दुबै टोलीले बराबरी स्कोर बनाए र सुपर ओभरमा पनि बराबरी रन बनाएपछि बाउन्ड्री काउन्टिङको सहायता लिँदा इंग्ल्यान्ड भाग्यमानी ठहरियो । त्यसो त यो क्रिकेटको जन्मदाता इंग्ल्यान्डको पहिलो विश्वकप उपाधि हो ।

यसपटक न्युजिल्यान्डले इंग्ल्यान्डलाई पराजित गरेर बदला लिएको छ । इंग्ल्यान्डले २ सय ८२ रन बनाएकोमा न्युजिल्यान्डले ३६.२ ओभरमै जित हासिल गर्दै उपाधि दावेदारीमा आफुलाई उभ्यायो । न्युजिल्यान्डको जितमा रचिन रविन्द्रले १ सय २३ रन र डेभन कोनवेले १ सय ५२ रन बनाए । डिफेन्डिङ च्याम्पियनलाई हराउन यी दुई खेलाडी नै पर्याप्त भए । साथै उनीहरुको प्रदर्शनले न्युजिल्यान्डलाई उपाधि दिलाउन सक्ने संकेत बनेको छ ।

यति मात्र होइन दोस्रो खेलमा नेदरल्यान्डस्विरुद्ध पनि रविन्द्रले अर्धशतक प्रहार गरेका छन् । यस्तै पहिलो खेलमा छिटै आउट भएका विल योंगले ७० रन बनाएर उनी कम नभएको विपक्षी टिमहरुलाई सन्देश दिएका छन् । टम लाथमले पनि नेदरल्यान्डस्विरुद्ध अर्धशतक प्रहार गरेका छन् । डेरिल मिचेलले ४८ रन बनाएका छन् । यसले नेदरल्यान्डस्को मध्यक्रमका ब्याटर पनि राम्रो भएको सावित गर्दैछन् ।

तर, दक्षिण अफ्रिकाको शुरुवात भने निकै शसक्त भएको छ । दक्षिण अफ्रिकाका खेलाडीले पहिलो खेलमै कीर्तिमान रचेर सबैलाई सोच्न बाध्य तुल्याएको छ । एडेन माक्रमले ४९ बलमा शतक प्रहार गरेर एकदिवसीय विश्वकपमा छिटो शतकको कीर्तिमान राखे । यस्तै एकै खेलमा एक टोलीबाट तीन शतक प्रहार गरेको पनि विश्वकपमा कीर्तिमान बन्यो । अन्य दुई शतक क्विन्टन डिकक र रासि भान डेर डुसेनबाट भएका हुन् । यी तीनै खेलाडीले गत विश्वकपमा पनि खेलेका थिए । त्यतिबेला खासै यिनीहरुको प्रदर्शन राम्रो थिएन । अर्को कीर्तिमान एकदिवसीय विश्वकपमा उच्चतम ४ सय २८ रनको थियो । दक्षिण अफ्रिकाले श्रीलंकाका बलरलाई निकै निरास तुल्याएर कीर्तिमानी स्कोर बनाएको थियो ।

दक्षिण अफ्रिका १९९२ को विश्वकपदेखि लगातार सहभागिता हुँदै आएको टोली हो । अहिलेसम्म दक्षिण अफ्रिकाले यो समेत गरी ९ वटा विश्वकपमा सहभागिता जनाएको छ । तर, अहिलेसम्म फाइनल भने पुग्न सकेको छैन । १९९२ को विश्वकपमा सेमिफाइनलमा इंग्ल्यान्डसँग वर्षाको कारण पराजित भयो ।

जितको लागि अघि बढी रहेको अवस्थामा पानी परेको थियो । पानी रोकेपछि निर्धारण भयो १ बलम २२ रन बनाउनुपर्ने समीकरण थियो । जुन असंभव थियो । पानी पर्न अघि भने जितको लागि १३ बलमा २१ रन बनाउनुपर्ने अवस्था थियो । यहाँ दक्षिण अफ्रिकालाई वर्षाले खलनायक भुमिका खेलेको थियो । नत्र भने त्यतिबेला पहिलो सहभागिता मै उपाधि जित्ने टोली थियो दक्षिण अफ्रिका ।

गत विश्वकप इंग्ल्यान्डमा भएको थियो । यो विश्वकपमा दक्षिण अफ्रिकाले अस्टे«लियालाई हराएको थियो । अस्टे«लिया डिफेन्डिङ च्याम्पियन थियो तर, दक्षिण अफ्रिकाले जित्न सफल भएको थियो । यो खेलमा फाफ डु प्लेसिसले शतक र भान डेर डुसेनले ९५ रन बनाएका थिए । दक्षिण अफ्रिकाले विश्वकपमा ४ सय स्कोर तीन पटक बनाएको छ । यति संख्यामा स्कोर कुनै टोलीले गर्न सकेको छैन । यसको बावजुद दक्षिण अफ्रिकाको लागि विश्वकप उपाधि टाढा नै भइरहेको छ । अहिले डिककको प्रदर्शनमा आएको सुधारले पनि दक्षिण अफ्रिकाले केही गर्ला भन्नेहरु पनि छन् ।

प्रतिक्रिया दिनुहोस्