काठमाडौँ।
व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौंमा अज्ञात व्यक्तिले कालोमोसो दलेका छन् । सोमबार पत्रकार सम्मेलन गरेर बाहिरिने क्रममा उनलाई अज्ञात व्यक्तिले मोसो दलेका हुन्।
काठमाडौँको जमलस्थित एक होटेलमा उनले पत्रकार सम्मेलन गरेका थिए।
प्रहरीका अनुसार अहिले प्रसाईंलाई दरबारमार्ग प्रहरी वृत्तमा राखिएको छ। कुन समूहले कालो मोसो दलेको भन्ने अहिलेसम्म पत्ता लाग्न नसकेको र अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।











प्रतिक्रिया