इजरायलको बंकरमा बसेका विद्यार्थीसँग प्रधानमन्त्रीले गरे सम्वाद

0
Shares

काठमाडौँ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजलरायलको बंकरमा रहेका विद्यार्थीसँग सम्वाद गरेका छन् ।

सोमबार दिउँसो प्रधानमत्री प्रचण्डले सुदूरपश्चिम विश्वविद्यालयबाट गएका विद्यार्थीहरुमध्ये एक विद्यार्थी विपिन सुवेदीसँग भर्चुअल माध्यमबाट सम्वाद गरेका हुन् ।

सम्वादका क्रममा उनले आफूले निरन्तर अपडेट लिइरहेको र नेपालमा मन्त्रिपरिषद् र सर्वदलीय बैठक बोलाएको जानकारी गराए ।

बिपिनले आफूहरुलाई छिटोभन्दा छिटो उद्दार गर्न आग्रह गरेका थिए । जवाफमा प्रधानमन्त्री प्रचण्डले भने, ‘हामी सबै त्यसको तयारी गरिरहेका छौं ।’