राष्ट्रपति कार्यालय अगाडि प्रदर्शन गर्ने १३ जना पक्राउ

0
Shares

काठमाडौँ।

संविधधान दिवसका अवसरमा रास्ट्रपतिले कैदीबन्दीलाई दिइएको आम माफीको विरोधमा मानव अधिकारवादीले राष्ट्रपति कार्यालय शीतल निवास अगाडि प्रदर्शन गरेका छन् । मानव अधिकार तथा शान्ति समाजको अगुवाइमा आज रास्ट्रपति कार्यालय अगाडी विरोध प्रदर्शन गरेका हुन् ।

मानव अधिकारवादी समुहको उक्त विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रदर्शनमा सहभागीहरूले निषेधित क्षेत्र तोडेपछि मानव अधिकारवादी समुहकका अगुवा कृष्ण पहाडीसहित १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रदर्शनकारीहरु आक्रोशित हुँदै निषेधित क्षेत्र तोडेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

असोज २१ गतेदेखि कैद माफी लगायत विभिन्न १० बुँदे माग राख्दै समाजले आन्दोलन गर्दै आइरहेको छ । प्रदर्शनमा नागरिक अगुवा र अधिकारकर्मीहरूको सहभागिता रहेको थियो ।