‘बीआरआईमा आधारित परियोजना अघि बढाउन नेपाल प्रतिबद्ध छ’



k|d bfxfn–;Daf]wg sf7df8f}F, @! c;f]hM k|wfgdGqL k’iksdn bfxfn …k|r08Ú g]kfn–rLg d}qL kmf]/dåf/f sf7df8f}Fdf cfof]lht …aLcf/cfO{sf] Ps bzsÚ Jofkf/, nufgL, sg]lS6le6L / k|fl1s ;DaGw k|uf9 agfpg] ljifos sfo{qmdnfO{ ;Daf]wg ub}{ . tl:a/M kbLk/fh jGt÷/f;;

काठमाडौं । हालैमात्र चीन भ्रमण गरेर फर्केका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनको महत्वाकांक्षी योजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) मा आधारित परियोजना अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

बीआरआई शुरू भएको १० वर्ष पुगेको अवसरमा आइतबार नेपाल–चीन मैत्री मञ्चले राजधानीमा आयोजना गरेको ‘बीआरआईको एक दशक : व्यापार, लगानी र सम्पर्क सञ्जाल’ विषयक गोष्ठीको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो । उहाँले भन्नुभयो– ‘बीआरआईमा आधारित परियोजना अघि बढाउन नेपाल प्रतिबद्ध छ । बीआरआईअन्तर्गत परियोजना छनोट र कार्यान्वयन हुनेगरी विकास निर्माणका परियोजना अगाडि बढाउने नेपाल सरकारको स्पष्ट धारणा हो ।’ उहाँले यसका लागि कोभिड महामारी, हाम्रो प्रणाली र संरचनागत सीमाहरूका कारण बीआरआई परियोजना अघि बढाउन केही ढिलाइ भएको जिकिर गर्दै भन्नुभयो– ‘नेपाल बीआरआई परियोजना कार्यान्वयनमार्फत् विकास र समृद्धिलाई तीव्र गतिमा अगाडि बढाउन चाहन्छ । यस्ता परियोजनाको वित्तीय लगानीको मोडेलका बारेमा पनि हामी अझै मिहिन ढंगले छलफल गर्नेछौं । मैले चीन भ्रमणमा पनि चिनियाँ नेता, प्राज्ञिक समुदाय र व्यावसायिक समुदायलाई स्पष्टसँग भनेको छु, नेपालको तर्फबाट लिनुपर्ने पहलकदमी तथा नीतिगत र प्रक्रियागत गतिरोध हटाउन नेपाल सरकारले आवश्यक काम गर्नेछ । चिनियाँ पक्षले पनि लगानीसम्बन्धी आफ्नो नीतिमा पुनर्विचार गर्दै कतिपय परियोजनाको सन्दर्भमा नेपालका लागि अनुदान र सहायताको नीति लिनुपर्छ । दुवै पक्षको जित हुनेगरी हामीबीच सम्बन्ध विस्तार गरी दुवै मुलुकको हितको प्रवद्र्धन गर्न सकिने ठूलो सम्भावना छ । त्यो सम्भावनालाई पूराका पूरा अवसरमा बदलौं ।’

प्रधानमन्त्री प्रचण्डले नेपाललाई पूर्वाधार विकासमा ठूलो लगानीको खाँचो रहेको र परम्परागत स्रोतबाट प्राप्त हुने विकास सहायताबाट मात्रै ती आवश्यक्त पूरा हुनसक्ने परिस्थिति नरहेको टिप्पणी गर्दै विकास निर्माणलाई तीव्र बनाउन थप बाह्य पुँजीको खाँचो रहेको अवस्थामा बीआरआई नेपालको लागि महत्वपूर्ण स्रोत हुने दाबी गर्नुभयो ।

बितेको १० वर्षमा बीआरआईमार्फत् मात्रै एक हजार अर्ब अमेरिकी डलरभन्दा बढी लगानी भएको तथ्यांक सार्वजनिक भइरहँदा नेपालले तुलनात्मक रूपमा उल्लेख्य लगानी भित्र्याउन नसकेको बताउँदै उहाँले भन्नुभयो – ‘अब छिट्टै कार्ययोजना बनाएर समयबद्ध कार्यतालिकाअनुरूप दुवैतर्फका साझा संयन्त्रलाई परिचालन गरेर छिटो काम गर्नुपर्छ ।’

कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत चेन सोङले बीआरआई परियोजनामार्फत् चीन नेपालको कनेक्टिभिटी, सडक, रेल, बन्दरगाह, दूरसञ्चार र हवाई उड्ययनलगायतका क्षेत्रमा सहकार्य गर्न तयार रहेको बताउनुभयो । उहाँले हिमालय सीमापार बहुआयामिक सम्पर्क सम्पर्क सञ्जाल विस्तार र विकासका साथै नेपालमा कृषिको आधुनिकीकरण, ऊर्जा र व्यापार प्रवर्धनका लागि पनि चीनले महत्वपूर्ण सहयोग गर्ने बताउनुभयो ।

नेपाल –चीन मैत्री मञ्चका अध्यक्ष डा. कल्याणराज शर्माले बीआरआई परियोजना कार्यान्वयन गरी नेपालले चीनको विकास र आर्थिक समृद्धिबाट लाभ लिनसक्ने बताउनुभयो । उहाँले बीआरआईको अवसरलाई सदुपयोग गर्न ढिलाइ नगर्न पनि सुझाव दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्