दसैं-तिहारलाई असोज २९ बाट नयाँ नोट साट्न पाइने

0
Shares

काठमाडौं ।

यसपालि दसैं-तिहारका लागि असोज २९ बाट नयाँ नोट साट्न पाइने भएको छ। नेपाल राष्ट्र बैंकले यस वर्षको दसैं, तिहार तथा छठ पर्व लक्ष्य गर्दै असोज २९ बाट सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा दिने भएको हो।

अघिल्ला वर्षजस्तै यो वर्ष पनि प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले राष्ट्र बैंकले सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा दिनेछ।

यसपटक घटस्थापनाको भोलिपल्टबाट फूलपातीको अघिल्लो दिन कात्तिक ३ सम्म नयाँ नोट सटही हुने राष्ट्र बैंकले जनाएको छ।नोट सटही सुविधा राष्ट्र बैंकले मुद्रा व्यवस्थापन विभाग, आफ्ना प्रादेशिक कार्यालय र वाणिज्य बैंकले तोकेको शाखा कार्यालयमार्फत उपलब्ध गराइने छ। राष्ट्र बैंकले यसपालि विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्दै नोट सटहीमा आउनेलाई क्युआर कोडअन्तर्गत भुक्तानी गर्न आग्रह गरेको छ।