प्रधानसेनापति शर्मा बेलायत जाँदै



काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति आज बेलायत प्रस्थान गर्दैछन् ।

प्रधान सेनापती प्रभुराम शर्मा संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणका लागि आइतबार त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।

उनी ६ दिनसम्म बेलायतमा नै रहने छन् । बेलायती सेनाका जनरल सर प्याट्रिक स्याण्डर्सको निमन्त्रणामा उनी आज बेलायत जाने भएका हुन ।

सो क्रममा प्रधानसेनापति शर्माले त्यहाँस्थित बेलायती गोर्खा सैनिकको मुख्यालय, रोयल कलेज अफ डिफेन्स स्टडिज्, रोयल मिलिटरी एकेडेमी स्यान्डहर्स्टको स्थलगत अवलोकन र भ्रमण गर्ने तथा क्याम्ब्रीयन पेट्रोलमा सहभागी टोलीसँग भेटबार्ता गर्नेछन् ।

उनी असोज २७ गते स्वदेश फर्कने छन् ।

प्रतिक्रिया दिनुहोस्