संघर्षले असफलतालाई पछारेका काजिश



१२÷१३ वर्षको अन्तरालमा सात/आठ सय म्युजिक भिडियोको निर्देशन, तीनमा लोकप्रिय र सफल भिडियोको संख्या पनि लोभलाग्दो। यो लोभलाग्दो सफलता कमाउनको म्युजिक भिडियो निर्देशक तथा कलाकार हुन् काजिश श्रेष्ठ।

रौतहट चन्द्रपुर नगरपालिकाका उनी करिब खासमा हिरो बन्ने सपनाका साथ काठमाडौं प्रवेश गरेका थिए। कोरस कलाकार र मोडल हुँदै नृत्य निर्देशन र कोरियोग्राफीमा सफलता चुम्दै आएका उनले हावा चिसो चिसो, धनगढीको बसमा, सुर्ती माड्दा माड्दै गयो जोवनजस्ता करोड क्लबका गीतको भिडियो निर्देशनबाट वाहवाही कमाएका छन् भने घन्काइदेऊ मादलु, छम्किदेऊ पानी, लुकीलुकी नहेर, सालको पात उडायो बतासले, तिमी र म जाम माया कहीं टाढालगायतका उनले निर्देशन गरेका भिडियो करोड क्लब नजिक छन्।

काजिशको सफलताको पछाडि लुकेको संघर्षको कथा भने लामै छ। रौतहटमा कर्म लामासँग नृत्य सिकेका काजिश त्यसलाई निखार्ने र कला क्षेत्रमै सक्रिय हुने सोचले काठमाडौं आए र साधना कला केन्द्रमा शम्भु शाहीका साथ नृत्य सिके। सँगसँगै बिहान कोटेश्वरको नयाँ सिने आर्टसमा नृत्य सिकाउने र दिउँसो एक फाइनान्स कम्पनीको मार्केटिङको काम पनि गर्न थाले। काजिशका अनुसार उनले त्यहाँ वर्षभरि नृत्य सिकाए पनि केवल दुई महिनाको तलब पाए। तर, सो सिने आर्टसका अर्का नृत्य निर्देशक शिवन पोखरेलसँग भेटले उनको जीवनले नयाँ मोड पायो।

‘भिडियोमा व्यस्त हुने भएकाले उहाँको क्लास पनि म लिन्थेँ। त्यसवापत मलाई सुटिङ हेर्न लैजानुस् है भन्थेँ। सुटिङ हेर्न जाने क्रममा ३० सेकेन्डको प्रोमोमा खेलाउनुहुन्थ्यो। शिवन दाइसँग सुटिङमा जाने क्रममा मोडल महेन्द्र गौतमका साथ राम्रो सम्बन्ध बन्यो र एक दिन महेन्द्रले नै हामी मिलेर कही गरांै न भन्नुभयो। त्यही क्रममा निर्देशक शिव विंकले पहिलोपटक अभिनय गर्ने मौका दिनुभएपछि मायालु हजार बोलको म्युजिक भिडियोमा काम गर्ने अवसर मिल्यो। त्यो भिडियोपछि राम्रो काम गर्दो रहेछौ भनेर शिव दाइले नै लगातार ८÷९ गीतमा चान्स दिनुभयो’ काजिशले संघर्षका दिन सुनाए।

म्युजिक भिडियोमा काम गरेर कमाएको पैसाले रेस्टुरेन्ट व्यवसाय शुरु गरेका काजिशले त्यसबाट त घाटा व्यहोरे नै, म्युजिक भिडियोमा पनि राम्रो भएन। उनले अब म नेपाल नै बस्दिनँ भनेर शिवनलाई गुहारे। शिवनले बालाजी फिल्मस्का चिनजाका मान्छेलाई फोन गरेर सहायक छायाँकारका रूपमा काम गर्ने गरी काजिशलाई भारतको मुम्बई पठाए। दुर्भाग्य, उनी पुगेको दिनदेखि लगातार २० दिनसम्म वर्षा भएर कुनै काम नै हुन सकेन र काजिश फर्के। बुटवल आइपुग्दा भोलिबाट काम हुने भयो भन्ने खबर आयो, तर उनी मुम्बई फर्केनन्। बरु साथीको सहयोगमा ंवेटरको कामका लागि मलेसिया उडे। ५÷६ महिनामा वेटरबाट क्यासियरमा बढुवा पनि भए, तर तलबचाहिँ बढेनछ। पाँच वर्ष बस्दा पनि विदेश गएको ऋण तिरेर ५÷६ लाख पनि नबच्ने हिसाब निस्केपछि उनले काठमाडौं फर्केने मन बनाए ।

‘मलेसियामा कामदारको पासपोर्ट कम्पनीले नै राख्छ। संयोगवस नेपालमा हुँदा मलेसिया जान सहयोग गर्ने साथी त्यहाँको नेपाली एम्बेसीमा रहेछ। उसैले कागजात बनाउन सहयोग ग¥यो। कागजात नबनुञ्जेलका लागि इलिगल बसिरहेका नेपालीको साथमा बसेँ। त्यहाँ बसेको पैसा तिर्न नपरोस् भनेर खाना बनाउन सहयोग गरेँ। जुन दिन टिकट लिएर एयरपोर्टका लागि ट्याक्सी चढेँ, त्यहीबाट चाहिँ लक लाग्न थाल्यो।

किनभने जब म ट्याक्सी चढेँ, त्यही बेला म बसेको घरमा पुलिसले रेड हानेर इलिगल बसिरहेका नेपालीलाई थुनेछ। म त्यसबाट बचेँ’ काजिशले सफलताले भरिएको कथा सुनाए ‘अर्को देश जानका लागि पासपोर्ट नबनाउन्जेल काठमाडौंमा अडिने सोचले कला क्षेत्रमै दोस्रोपटक संघर्ष शुरु गरे। एक दिन म्युजिक भिडियो निर्देशन गर्ने अफर आयो। जुन मेरो कल्पना बाहिरको कुरा थियो। प्रियसी म्युजिककी बबिता श्रेष्ठले भिडियो निर्देशनको प्रस्ताव गर्नुभयो, मैले आँट नगरेपछि उहाँको श्रीमान् राजेन्द्र पुरीले भिडियो बिग्रियो भने पनि टेन्सन नलिनु त्यो मेरो जिम्मा भयो भनेर प्रोत्साहित गरेपछि काम शुरु गरेँ। पहिलो म्युजिक भिडियो राम्रो भएपछि पछाडि फर्केर हेर्नुपरेन।

त्यसले लगातार आठ सय जति म्युजिक भिडियो निर्देशन गरिसकेकोे छु। त्यतिबेला, एउटा म्युजिक भिडियो निर्देशन गरेको दुई हजार पाउँथे। दुबई जाने सोच राखेर केही रकम जम्मा गर्न लागेको म राम्रो काम पाउन थालेपछि यतै रमाएँ। त्यति बेला डान्सिङ सङ गर्ने शंकर बिसी, शिव विक, प्रकाश भट्टलगायतका सिनियर दाइहरू हुनुहुन्थ्यो। मैल रातो अबिर पहेलो केसरी बोलको डान्सिङ गीतको भिडियो निर्देशन गरेँ, जो राम्रो भयो।

त्यही बेला पानी पकाएर बाक्लो हुँदैन बोलको गीतको भिडियो निर्देशनका लागि विनोद बाजुराली दाइले फोन गर्नुभयो। बद्री पंगेनी र विष्णु माझीले गाएको सो गीतमा अभिनेता दिलीप रायमाझी र मोडल एलिशा शर्मालाई राखियो। गीत भयंकर हिट नभए नि मैले लिएको दुई चार शट भयंकर हिट भयो। लाखको बजेट नपत्याउने बेला ६ लाख रुपिया“को बजेटमा काम गरेको थिए“। त्यसपछि कल्ले बोलायो, नैना रेशम, बाजा बजाउँदै, विष्णु माझीको पुतलीको भट्टी भाग १५ र १६, पाक्यो बेलौती, नदिया ससलजस्ता डान्सिङ गीत राम्रो भयो।’

सुरुवाती चरणमा हिरो बन्ने सपना देखेका काजिश संयोगले सफल म्युजिक भिडियो निर्देशक बन्न पुगे। ‘दुईतिर खुट्टा हाल्दिनँ बरु भिडियो निर्देशनमा सफलता हात पारें भने मात्र खेल्छु भन्ने सोच बनाएँ। अहिलेचाहिँ खेल्छु पनि। किनभने मैले म्युजिक भिडियो निर्देशनमा ठाउँ बनाइसकें, अब त विदेश जाने सोच पनि छैन। किनभने मैले नेपालमै राम्रो पारिश्रमिक पाइरेहेको छु।

हाल महिनामा १५–२० वटा गीतहरू निर्देशन गर्ने काजिश विभिन्न अवार्ड कार्यक्रममा नृत्य प्रस्तुत गर्छन्। कम लगानीमा गुणस्तरयुक्त भिडियो निर्देशनमा जोड दिने उनी भन्छन्, भिडियो निर्देशन गर्दा गीतको भाव अनुसार दर्शकले हेर्दा पनि बोरिङ नहुने र लगानीकर्ता पनि सेफ होस् भन्ने हिसाबमा काम गर्छु। पर्दामा हेरेर सिट्टी बजाएकोे राजेश हमाल, दिलीप रायमाझी लगायतलाई नचाइसकेको छु। उहाँहरूदेखि अहिलेका पल शाह, पुष्प खड्का, वर्षा राउत, वर्षा शिवाकोटी पूजा शर्मालगायतलाई नचाएँ। जसलाई मैले नजिकबाट देख्ने सपना पनि देखेको थिइनँ।’ काजिशले म्युजिक भिडियो निर्देशनमा देखाएको कौशलता लागि राष्ट्रिय लोकदोहोरी अवार्ड, विन्ध्यवासीनी म्युजिक अवार्ड, ओएस नेपाल अवार्ड, म्युजिक खबर म्युजिक अवार्डलगायतका अवार्ड चुम्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्