कानुन निर्माणमा एमालेको प्रतिपक्षीय भुमिका हुँदैन : केपी ओली

0
Shares

काठमाडौँ।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कानून निर्माणमा आफ्नो पार्टी प्रतिपक्षको भुमिकामा नरहने बताएका छन्।

शनिबार ललितपुरमा आयोजित विद्युत विधेयकसम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले राष्ट्रिय हितलाई केन्द्रमा राखेर कानून निर्माण गर्नुपर्ने भएकाले आफूहरु प्रतिपक्षको भूमिकामा पप्रस्तुत नहुने बताएका हुन् ।

अध्यक्ष ओलीले विद्युत विधेयक २०८० लाई राष्ट्रिय हितमा हुने गरी संसदबाट पारित गराउन आफ्नो पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताए । उनले दलीय आधारमा संसदमा सो विधेयकबारे छलफल भएपनि त्यसलाई राष्ट्रिय हित अनुकुल हुनेगरी पारित गराउन आफ्नो पार्टीले रचनात्मक भुमिका निर्वाह गर्ने बताए ।

ओलीले कानून निर्माणको विषयलाई दलीय प्रश्न बनाउन नहुने बताए ।