हार्ड रक क्याफेमा बालबालिकाका लागि ‘मेस्सी किड्स मेनु’

0
Shares

 काठमाडौँ।

  हार्ड रक क्याफे,काठमाडौ, हार्ड रक इन्टरनेशनल र ग्लोबल ब्रान्ड एम्बेसेडर लियो मेस्सीले बालबालिकाका लागि आफ्नो पहिलो मेस्सी मेनु, “द हार्ड रक मेस्सी किड्स मेनु”  सार्वजनिक भएको छ।

मेनु शनिबार नेपाल लगायत विश्वभर हार्ड रक क्याफेमा विश्वभरका हार्ड रक होटेल र क्यासिनोहरू पनि सार्वजनिक गरिएको छ ।


विश्व–प्रसिद्ध फुटबल मेस्सीसँग हार्ड रक इन्टरनेशनलको साझेदारीमा विस्तार गर्दै, “द हार्ड रक मेस्सी किड्स मेनु“ ले मेस्सी एक्स बर्गर, मेस्सी गोल्डेन चिकेन स्यान्डविच र अन्य बच्चा–अनुकूल विकल्पहरू प्रस्तुत गर्दै आएको छ ।

 अन्तर्राष्ट्रिय खेलकुद आइकनकालागि विशेष सहमति सहितको सुविधा अन्र्तगत एक मिनी गोल्डेन सकर  बल, एक संग्रह गर्न योग्य पोस्टर समेत उपलब्ध गराइएको छ ।

द हार्ड रक मेस्सी किड्स मेनु  मेस्सीको नयाँ घर इन्टर मियामीमा एक कार्यक्रमको आयोजना गरी  सार्वजनिक गरिएको हो ।  हार्ड रक अब इन्टर मियामीको आधिकारिक साझेदार समेत बनेको छ । गत हप्ता डीआरभी पीएनके स्टेडियममा हार्ड रक टेरेस अनावरण गरिएको थियो ।

लियो मेस्सी र हार्ड रक इन्टरनेशनलले स्थानीय समुदायबाट आमन्त्रित गरिएका बालबालिकासँगै स्वादिष्ट मेस्सी एक्स बर्गर र मेस्सी गोल्डेन चिकेन स्यान्डविचसहितको उत्सव समेत मनाएको थियो ।

उक्त कार्यक्रममा लियो मेस्सीले भने– म ‘तीन सन्तानका बुबाको हैसियतमा मेरो बालबालिकासँग विशेष सम्बन्ध रहेको छ । “अब हार्ड रकमा मेरा साझेदारसँग, हामी परिवारलाई विभिन्न प्रकारका स्वादिष्ट खानाहरू र रमाइलो भोजनको अनुभव प्रदान गर्ने नयाँ बच्चाहरूको मेनु सुरु गर्ने छौं ।

बच्चाहरूले अब हार्ड रक क्याफे रहेको स्थानमा यो नयाँ मेनु थपेर उत्कृष्टताको आनन्द लिन सकिने भएको छ ।

 विश्वव्यापी रूपमा इन–रूम डाइनिङ मार्फत हार्ड रक होटल र क्यासिनो समेत जान सकिने भएको छ । ती होटल तथा क्यासिनोमा बच्चाहरूलाई मनपर्ने मेन्यु राखिएको छ । जसमा बालबालिकाकालागि  बेकन चीज बर्गर, हट डग, चिकन फिंगर्स, म्याक र चीज, चिकन ब्रेस्ट, ट्विस्टेड ’एन’ टेस्टी काभाटाप्पी पास्ता वा किड्स सलाद जस्ता खानेकुरा उपलब्ध भएको पनि नेपालस्थित हाडरक क्याफेका संचालक संजिव तुलाधरले जानकारी दिएका छन् ।