सल्यान।
सल्यानमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उ प न ६ कि ३१ वर्षीय सुमित्रा सुनार र सल्यान त्रिवेणि गाउँपालिका ६ कि अन्दाजी ४० वर्षकी अनिता बोहरा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
तुलसीपुरबाट सल्यानको जयचौर आउदै गरेको ना ६ ख ५४६३ नम्बरको बस कपुरकोट गाउँपालिका ३ मुलपानी नजिकै दुर्घटना भएको हो । दुर्घटनामा १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख नवीन कार्कीले जानकारी दिए । घाइतेलाईलाई प्रादेशिक अस्पताल तुलसीपुर पठाइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया