एसियाली खेलकुदको कराँतेमा एरिका गुरुङ फाइनलमा, रजत पदक पक्का

0
Shares

काठमाडौं।

चीनमा जारी एसियाली खेलकुदमा नेपालकी कराँते खेलाडी एरिका गुरुङ फाइनलमा पुगेकी छिन्। कराँतेको कुमुतेतर्फ ६८ केजी माथिको तौल समूहमा हङकङकी खेलाडीलाई हराएर उनले फाइनलमा स्थान बनाइन्।

एरिकाले कम्तीमा रजत पदक पक्का गरेकी छिन्। एसियाडमा नेपालले हालसम्म एकल स्पर्धामा एक पटक मात्र रजत जितेको छ।

सन् १९९८ को एसियाडमा तेक्वान्दो खेलाडी सविताराज भण्डारीले रजत जितेकी थिइन्।