काठमाडौँ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले सरकारको बाटो खालि गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहालसँग आग्रह गरेका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश अफ्ठ्यारो स्थितिबिाट अघि बढीरहेको भन्दै सरकार सच्चिन आवश्यक रहेको र सच्चिन नसके बाटो खालि गरिदिन आग्रह गरेका हुन् ।
डा. कोईरालाले देशमा जताततै अराजकता रहेको उल्लेख गर्दै यस परिस्थितिलाई कांग्रेस बाहेक अरुले सम्हाल्न नसक्ने दाबी गरे । उनले देशको प्रधानमन्त्रीले पार्टीको सभापति झैँ दुई लाख मान्छे सडकमा उतार्छु, २०८४ मा माओवादीलाई जिताउ म जातिय राज्य दिन्छु जस्ता अराजक अभिव्यक्ति दिएको बताए । उनले जातिय राज्य गोजीबाट निकालेर दिने हो ? भन्दै प्रश्न गरे । उनले गैर जिम्मेवार अभिव्यक्ति प्रधानमन्त्रीबाट आउनु नेपालीहरुको लागि दुर्भाग्य रहेको बताए ।
नेता कोईरालाले कांग्रेस एक ढिक्का भएर आगामी निर्वाचन एक्लै लड्नुपर्ने बताए ।
प्रतिक्रिया