एसियाली खेलकुद : महिला भलिबलमा नेपालले मंगोलियालाई हरायो

0
Shares

काठमाडाैं  ।

एसियाली खेलकुदअन्तर्गत महिला भलिबलमा नेपालले मंगोलियालाई पराजित गरेको छ। मंगोलियालाई पराजित गरेसँगै १३ देश सहभागी प्रतियोगितामा नेपाल एघारौं भएको छ।

आज भएको प्लेअफमा नेपालले मंगोलियामाथि ३.२ को सेटमा जित निकालेको हो। पहिलो सेट मंगोलियाले २५.१७ ले जितेको थियो। तर दोस्रो सेटमा नेपाल २५.१८ र तेस्रो सेटमा २५.२१ को जितसँगै अग्रता लिन सफल भयो।

चौथो सेटमा मंगोलिया २५.१८ ले विजयी भएसँगै खेल बराबरी भएको थियो। निर्णायक पाँचौ सेटमा नेपाल १५.१२ ले विजयी भयो। समूह चरणबाटै बाहिएपछि पदक सम्भावना सकिएको नेपालले वरीयताका लागि भारतसँग खेल्दा पराजय भोगेको थियो। मंगोलियालाई पराजित गरेपछि नेपाल एघारौं भयो।