नेपाल सरकारका पुर्व सचिव राखेर रास्वपाले गठन गर्‍यो दुई अध्ययन कार्यदल



काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीले नेपाल सरकारका पुर्व सचिवसमेत राखेर एक अध्ययन कार्यदल बनाएको छ । हिजो बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निजामती सेवा विधेयक तथा नेपालको सार्वजनिक प्रशासनका भएका, हुनुपर्ने तथा गरिनुपर्ने व्यवस्थाका सम्बन्धमा अध्ययन गरी प्रतिवेदन पेश गर्न सो सो अध्ययन कार्यदल बनाएको हो ।

जसमा नेपाल सरकार पुर्व सचिवहरू शारदाप्रसाद त्रिताल, पूर्णचन्द्र भट्टराई, भागवत खनाल तथा पूर्व प्रशासक तथा अधिवक्ता कृष्णप्रसाद अधिकारी र लिलाराज ढकाल ९चार्टर्ड एकाउन्टेन्ट, पूर्व प्रशासक० सो कार्यदल सदस्यका रुपमा रहेका छन ।

पार्टी प्रवक्ता मुकुल ढकालका अनुसार नेपाल उर्जा क्षेत्रको विस्तृत अध्ययन गरी पार्टीको तर्फबाट उर्जा नीति, योजना र मार्गचित्र तयार गरी केन्द्रीय समितिलाई पेश गर्ने कार्यादेशका सहित अर्को कार्यदल पनि गठन गरिएको छ । जुन कार्यदलमा इन्जिनियर श्रीराम न्यौपाने, जो उर्जा तथा भूमिगत संरचना विज्ञ हुन, उनको संयोजकत्वमा अर्को कार्यदल बनाईएको हो । जुन कार्यदलमा नेपाल सरकार पुर्व सचिव ईन्जिनियर देबेन्द्र कार्की, उर्जा बिज्ञ डा सरोज अधिकारी सदस्यको रुपमा रहेका छन ।

साथै, पार्टीको केन्द्र, प्रदेश र पालिका तीनै तहमा “नव–प्रवर्तन तथा स्टार्टअप विभाग” गठन गर्ने निर्णय पनि भएको प्रवक्ता ढकालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्