नेपालगञ्जमा निषेधाज्ञा र कर्फ्युको समयसिमा घटाइयो



बाँके ।

स्थीति सामान्य बन्दै गएको संकेत पछि नेपालगञ्जमा जारी कर्फ्यु र निषेधज्ञाको समयसिमा घटाइएको छ । दिनमा निषेधाज्ञा र रातमा कर्फ्यु लगाउँदै आएको जिल्ला प्रशासन कार्यालय बाँकेले शनिबारबाट कर्फ्यु र निषेधाज्ञाको समयसिमा घटाएको हो ।

जसअनुसार बिहान ९ बजे देखी राती ८ बजेसम्म निषेधाज्ञा जारी रहनेछ भने राती ९ बजे देखी बिहान ४ बजेसम्म कर्फ्यु जारी रहने प्रमुख जिल्ला अधिकारी बिपिन आचार्यले जानकारी दिए । यसअघि बिहान ८ बजे देखी नै निषेधाज्ञा सुरु हुन्थ्यो भने कर्फ्यु बिहान ६ बजेसम्म लगाउँदै आईएको थियो ।

प्रजिअ अधिकारीले जारी गरेको सुचना अनुसार पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरारोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाह नाकाक्षेत्रभित्र  कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक, वा प्रदर्शन वा पोस्टर, पर्चा जस्ता प्रचार सामग्री टाँस्न लेख्न नपाइने गरी तथा हुलदङ्गा वा अशान्ति गर्ने उद्धेश्यले एकै ठाउँमा ५ जना भन्दा बढी मानिसहरू जम्मा हुन पाउने छैनन् । हिन्दु र मुस्लिम समुदायका बिचमा हुलदंगा भए पछि स्थीति नियन्त्रणमा लिनका लागि बाँके प्रशासनले सुरक्षाा ब्यवस्थामा कडाइ गरेकाे हाे ।

प्रतिक्रिया दिनुहोस्