असाेज २० गते शनिवार, यस्ताे छ तपाईँको राशिफल



मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

ठीक समयमा सही निर्णय लिन सकिनेछ । वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । लाभदायक यात्रा पनि हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को

भाग्यले विभिन्न अवसर जुराउनेछ । नयाँ काम सुरु गर्ने समय छ । चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । रोकिएको धन हात पर्ला । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापारमा मनग्ये धनलाभ हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

आज समय मध्यम खालको छ । आफूले ठीक मानेर गरेको काममा आफैलाई सन्तुष्टि मिल्ने छैन । सोचेजतिका कामहरूमा बिघ्नबाधा आउनसक्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

आज राजनैतिक र सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

आज शुभारम्भको चर्चा चल्नेछ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । भ्रमणको योग पनि छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

आज साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । घरमा अतिथिको आगमन पनि हुन सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

शरीरमा स्फूर्ति र उमङ्गको कमी आउनेछ । मालसामान हराउन सक्छ । ससाना समस्यामा अल्झनुपर्नेछ, तर साँझमा आर्थिक लाभ मिल्न सक्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । आर्थिक कारोबारमा सफलता पाइएला । लाभदायक यात्रा होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आज लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला । सहकर्मीबाट विरोध आउला । नियमित खर्चसमेत बढ्ने योग पनि छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

आज नयाँ र शुभकार्यको चर्चा चल्नेछ । पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । रमाइलो यात्राको सम्भावना पनि रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

आज भाग्यले विभिन्न अवसर जुराउनेछ । घरमा अतिथिको आगमन हुनेछ । महत्त्वपूर्ण कामको थालनी हुनेछ, साँझमा भने चिन्ता बढ्नसक्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया दिनुहोस्