तेस्रोलिंगीलाई युवाहरुले जिस्काएपछि जडीबुटीमा तोडफोड



काठमाडौं ।

काठमाडौंको जडीबुटीमा केही तेस्रोलिंगी र युवाहरूबीच भनाभन हुँदा केही सवारीसाधनमा तोडफोड भएको छ ।

जडीबुटीबाट कोटेश्वरतर्फ सडकमा उभिएका १५/१६ जनाको समूहमा रहेका तेस्रोलिंगीलाई मोटरसाइकलमा रहेका केही युवाले जिस्काएपछि घटना भएको बानेश्वर प्रहरी वृत्तका डीएसपी शिवराज बुढाथोकी जानकारी दिए ।

बाटोमा उभिएका तेस्रोलिंगीको समूहलाई मोटरसाइकलमा रहेका युवाहरुले जिस्काएपछि भएको घटनामा दुई युवा र एक तेस्रोलिंगी सामान्य घाइते भएका उनले बताए । घटनास्थलमा प्रहरी पुगेपछि सबै भागेका र स्थिति सामान्य रहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्