उल्टो शिक्षा विधेयकलाई सुल्टो बनाउनुपर्छ : गगन थापा



k|ltlglw;ef a}7sdf ;f+;b yfkf sf7df8f}F, @* h]7M ;‹Lo ;+;b ejg gofFafg]Zj/df cfOtaf/ a;]sf] k|ltlglw;ef a}7sdf ;/sf/n] k|:t’t u/]sf] ah]6 dflysf] 5nkmndf ;xefuL ;f+;b uugs’df/ yfkf . tl:a/ M gjLg kf}8]n÷/f;;

काठमाडौँ।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विद्यालय शिक्षा विधेयकले संविधान र पाठ्यक्रमले गरेको अपेक्षा पूरा गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधि सभामा शुक्रबार विद्यालय शिक्षा विधेयक, २०८० विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा भाग लिँदै महामन्त्री थापाले संविधान र पाठ्यक्रमले गरेको अपेक्षा पूरा गरेमात्रै शिक्षा विधेयकले सार्थकता पाउने बताएका हुन् । उनले विद्यालयमा पढिरहेको विद्यार्थी पढिसके पछाडी त्रिभुवन विश्वविद्यालयतिर जान्छु भन्ने नभइ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतिर जाने गरेको बताए ।

महामन्त्री थापाले विद्यालय शिक्षा विधेयकलाई टुंगोमा पुर्‍याउनुपर्ने जिम्मा अब सांसदको हातमा रहेको बताए । उनले वृहत छलफल गरेर उल्टो भएको विधेयकलाई सुल्टो बनाउन जरुरी रहेको बताए । शिक्षण पेशालाई आकर्षक, मर्यादित पेशा बनाउनुपर्ने उनको भनाई छ ।

महामन्त्री थापाले शिक्षकहरुको तलब सबैभन्दा उच्च हुनुपर्ने भन्दै शिक्षकका सकारात्मक कुरालाई ग्रहण गर्नुपर्ने बताए । उनले एक वर्ष नै लागेपनि यो संसदले विधेयक बनाइसकेपछि अर्को १५–२० वर्ष नेपालको विद्यालय शिक्षालाई यसले मार्ग दर्शन गर्ने बताए । विद्यालय शिक्षा विधेयकलाई संघीयतासँग जोड्न जरुरी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्