राष्ट्रपतिसँग विवेकशील साझाका नेताहरुको भेटवार्ता

संवैधानिक संस्थाहरुको गरिमा बचाउन आग्रह



काठमाडौँ ।

 राष्ट्रपति रामचन्द्र पौडेलसँग विवेकशील साझा पार्टीका पदाधिकारीले भेटेर ‘संघीय लोकतान्त्रिक गणतन्त्र संवर्द्धन अभियान’ बारे जानकारी गराएको छ।

 पार्टी अध्यक्ष समीक्षा बाँस्कोटा, उपाध्यक्ष प्रकाशचन्द्र परियार, विमला अधिकारी घिमिरे, केन्द्रीय सदस्य डा.सुशील साह सम्मिलित प्रतिनिधि मण्डलले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थायित्व र संबर्धनका लागि यसका आधार स्तम्भहरु राष्ट्रपति, अदालत तथा संवैधानिक निकायहरुको गरिमा वचाईराख्न गणतन्त्र बिरोधीहरूको अनावश्यक प्रहार र दुष्प्रचार प्रति सचेत रहन विशेष ध्यानाकर्षण गराएको हो।

लोकतन्त्रको संस्थागत विकास र नागरिकको संवृद्धिको चाहना साकार पार्न संवैधानिक संस्थाहरुको भूमिका उल्लेख्य रहने भएकाले ती संस्थाहरुलाई दलीय दुश्प्रभावबाट मुक्त गर्नुपर्ने विवेकशील साझा पार्टीको ठहर राष्ट्रपतिलाई अवगत गराइएको थियो प्रतिनिधि मण्डलले संविधानको रक्षार्थ र प्रभावकारी कार्यान्वयनमा जोड दिँदै सबै दलहरुलाई राष्ट्रिय सहमतिमा  ल्याउने पहलकदमीका लागि भूमिका निर्वाहका लागि अनुरोध समेत गरेको छ।

सो अवसरमा राष्ट्रपति पौडेलले सात दशक लामो संघर्षबाट प्राप्त नेपालको संविधानको रक्षा र संवर्धन गरेर मुलुकको संवृद्धिमा सम्पूर्ण ध्यान केन्द्रित गर्नुपर्ने धारणा राखेका छन् । उनले श्रम र जनशक्तिको विदेश पलायनले गाऊँ रित्ति रहेकेमा चिन्ता प्रकट गर्दे देश मै राम्रो शिक्षा र रोजगारीको सृजना गरेर गाउँमै बसोैँ(बसौ बनाउनु आजको आवश्यकता रहेको पनि औँल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्