रामेछापमा यात्रु सहायता कक्ष सञ्चालन

0
Shares

रामेछाप ।

जिल्ला प्रहरी कार्यालय रामेछाप र जिल्ला ट्राफकि प्रहरी कार्यालय रामेछापले नजिकिँदै गरेको दसैँ तिहार तथा छठ पर्वलाई लक्षित गरेर यात्रु सहायता कक्ष सञ्चालन गरेको छ । शुक्रबार देखि रामेछापमा दुई स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा आएका छन् ।

जिल्ला प्रहरी कार्यालय रामेछाप प्रहरी निरीक्षक रञ्जन गिरीका अनुसार रामेछाप मन्थलीको देवकोटा चोक र सेलेघाट यात्रु सहायता कक्षा सञ्चालन गरिएको छ । दसैँमा घर जान लामो तथा छोटो दूरीका यात्राका लाग अग्रिम टकिट बुकङि खुला गरेका कारण गत वर्षको झैँ यस वर्ष पनि खास गरी नागरिकको गुनासो सुन्न र अप्ठेरो परेका नागरिकलाई सहायता गर्न सहायता कक्ष सञ्चालन गरिएको प्रहरी निरिक्षक गिरीले बताए ।

चार्डबार्डमा बसको क्षमताभन्दा बढी यात्रु राख्ने, यात्रुलाई गन्तव्यसम्म नपु¥याई बीच बाटोमा अलपत्र पारेर छाड्ने, बढी भाडा लिने, टिकटमा कालोबजारी गर्ने लगायत हुने गरेका छन् । सहायता कक्षका खटिएकाहरूले तोकिएको भाडादर भन्दा बढी लिए नलिएको हेर्ने, काउन्टरहरूमा भाडा दरको रेट बोर्ड टाँस्न लगाउने, फर्जी टिकट काट्नेहरूमाथ निगिरानी राख्ने, यात्रुका समस्याहरू सुन्ने तथा समाधान गर्ने लगायतका काम गर्नेछ ।

दसैँको समयमा सवारीसाधनले जथाभावी गर्दा दुर्घटनामा पनि बढ्ने गरेका छन् । छतमा यात्रु र समान राख्ने गर्दा दुर्घटनाको जोखमि पनि उच्च हुने गरेको छ । त्यसलाई घटाउन पनि सहायता कक्षले प्रभावकारी भूमि खेल्न सक्ने ट्राफिक प्रहरीको दावी छ ।