बझाङ भूकम्प प्रभावित क्षेत्रको अवलोकन गर्दै प्रधानमन्त्री प्रचण्ड



काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भूकम्प प्रभावित क्षेत्र बझाङको अवलोकन गरेका छन् । शुक्रबार नेपाली सेनाको हेलिकप्टरबाट उनी बझाङ गएका हुन् ।

केदारस्यु गाउँपालिकाका स्थानीय जनप्रतिनिधि तथा स्थानीयवासीसँग राहत तथा पुनस्र्थापनाका विषयमा छलफल गरेका छन्  ।त्यस्तै थलारा गाउँपालिका–३, कुच गाउँका भूकम्प प्रभावितहरूको अवस्था तथा भूकम्पले भत्किएका घरको स्थलगत अवलोकन गरेका हुन्  । भूकम्प प्रभावित स्थानीयलाई कम्मल, त्रिपाल र खाद्यलगायतका सामग्री तत्काल उपलब्ध गराउन स्थानीय प्रशासनलाई निर्देशन दिए ।

भूकम्प प्रभावितहरूका लागि राहत स्वरूप प्रदेश सरकारले जिल्ला प्रशासन र स्थानीय निकायलाई केही सामान उपलब्ध गराइसकेको जानकारी पनि दिए । घाइतेहरूको सरकारले निःशुल्क उपचार गर्ने जानकारी दिए । पूर्ण रूपले भत्किएका घर तथा सरकारी कार्यालयको दिगो व्यवस्थापन गर्न प्राविधिक टोली घटनास्थल पठाई लागत सङ्कलन गर्ने जानकारी दिए । भूकम्पले भत्किएका घरको पुनर्निर्माण तत्काल गरिने बताएका छन्   ।

प्रतिक्रिया दिनुहोस्