यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर



काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९१ पैसा र बिक्री दर १३३ रुपैयाँ ५१ पैसा रहेको छ भने युराेपियन युरो एकको खरिद दर १३९ रुपैयाँ ८२ पैसा र बिक्री दर १४० रुपैयाँ ४५ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ ३७ पैसा र बिक्री दर १६२ रुपैयाँ १० पैसा कायम हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८४.३४ रुपैयाँ र बिक्री दर ८४.७२ रुपैयाँ तथा क्यानेडियन डलर खरिदमा ९६ रुपैयाँ ५२ पैसा, बिक्रीदर ९६ रुपैयाँ ९६ पैसामा काराेबार हुनेछ ।

जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ९३ पैसा र बिक्रीदर ८ रुपैयाँ ९७ पैसा तथा दक्षिण काेरिया वन १०० को खरिदमा ९ रूपैयाँ ८४ पैसा र बिक्री दर ९ रूपैयाँ ८८  पैसा कायम रहेकाे छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४५ पैसा र बिक्री दर ३६ रुपैयाँ ६१ पैसा कायम रहेकाे जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.४४ रुपैयाँ र बिक्री दर ३५.६० रुपैयाँमा तथा मलेसियन रिंगिट एकको खरिद दर २८.११ रुपैयाँ र बिक्री दर २८.२४ रुपैयाँमा खरिदबिक्री गर्न सकिनेछ ।

यसैगरी, कुवेती दिनार १ को खरिद मूल्य ४२९.६८ पैसा तथा विक्रीदर ४३१.६२ पैसा कायम गरिएकाे राष्ट्र बैंकले जनाएकाे छ ।

 

प्रतिक्रिया दिनुहोस्