रामजानकी गौशालालाई निर्देशनालयद्वारा सोईला तथा किट प्रदान

0
Shares

बुटवल ।

साना ठुला जनावर, माया गरौ बराबर भन्ने मूल नाराको साथ विश्व पशुपंक्षी दिवस मनाईएको छ । दिवसको अबसरमा पशुपक्षीं तथा मत्स्य विकास निर्देशनालयले रुपन्देहीको सियारी गाउपालिकाको गौशालालाई विभिन्न सामाग्री हस्तान्त्रण गरेको छ ।

निर्देशनालयले सियारी ३ स्थित रामजानकी गौशालामा विश्व पशुपन्छी दिवसको अबसरमा साईलेज र किट सहयोग गरेको आर्थिक बिकास तथा पशु सेवा शाखा प्रमुख गणेश प्रसाद खनालले बताए  ।

पशुपक्षीं विकास तथा मत्स्य विकास निर्देशनालयका प्रमुख डा. प्रवेश सिंह कुवरको अध्यक्षतामा भएको कार्यक्रममा गौशालालाई पशु आहारामा सहयोग पुगोस भनेर करिब २० क्विन्टल साईलेज तथा १ वटा उपचार किट गौशालाका अध्यक्ष हेमकुमार कुर्मीलाई हस्तान्त्रण गरिएको छ । सो अबसरमा बोल्दै प्रमुख कुंवरले निर्देशनालयले आगामि दिनमा पनि यस्तो खालको सहयोगलाई निरन्तरता दिने बताए ।

सियारी गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष रामचन्द्र कुर्मीले गौशाला सञ्चालनमा लागि बिभिन्न किसिमको कठिनाई रहेको उल्लेख गर्दै सबैको सहयोगको आबश्यकता रहेको उल्लेख गरे ।

पशु सेवा शाखा प्रमुख गणेश प्रसाद खनालले गौशालालाई दिगो रुपमा संचालनको लागि गोबरको विविधिकरण गर्दै प्रांगारिक मल, गड्यौला मल, दाउरा आदि बनाउनको लागि प्रविधि हस्तान्तरण तथा हरियो घासमा आधारित आहारा व्यवस्थापनमा सहयोग गर्न आव्हान गरे ।

कायक्रममा वडा सदस्य मंगल थारु, पशुपन्छी विकास निर्देसनालायका पशु विकास अधिकृत लोकराज भुसाल लगाएतले बोल्दै गौशालालाई दिगो रुपमा सञ्चालनका लागि सबैले सहयोग गर्नु पर्नेमा जोड दिए ।