नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

0
Shares

काठमाडौं ।

नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ। चीनको हाङझाउमा १९ औं एसियाली खेलकुदमा सहभागी भई नेपाली टोली आज बिहान साढे ११ बजे स्वदेश फर्किएको हो।

त्रिभुवन विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीले क्रिकेट खेलाडीहरूलाई स्वागत गरेका थिए। खेलाडीलाई स्वागत गर्न क्यानका उपाध्यक्ष रोशन सिंह लगायत अन्य सदस्यहरू विमानस्थल पुगेका थिए।  मंगोलिया र माल्दिभ्सविरूद्ध सानदार जित निकालेको थियो। मंगोलियाविरूद्धको खेलमा नेपालले विभिन्न कीर्तिमान समेत बनाएको थियो।