माइतीघरमा भारतीको आज पनि अनसन

0
Shares

काठमाडौं । 

संविधान दिवसका अवसरमा जेलबाट छुटेका रिगल भनिने योगराज ढकालको सजाय मिनाहा खारिजी गर्नुपर्ने मागसहित भारती मानन्धर आज पनि अनसन बसेकी छन् ।

उनले काठमाडौंको माइतीघरमा हिजोदेखि अनसन थालेकी हुन् । भारतीले आफ्ना श्रीमानको हत्या गर्ने रिगललाई सरकारले गरेको कैद सजाय मिनाहा फिर्ता गर्नुपर्ने माग राखेकी छन्। न्यायको माग गरिरहेकै बेला भारती हिजो सर्वोच्च अदालत परिसरमै ढलेपछि उपचारका लागि अस्पताल लगिएको थियो । आज पनि बिहान ८ बजेपछि अनसन थालेकी भारतीले न्याय नपाएसम्म घर नफर्किने बताएकी छन् । उनले दायर गरेको मुद्दामा सर्वोच्चले आजका लागि पालो तोकेको छ ।

२०७२ साल असार २८ गते रिगल र उनको समूहले भारतीका श्रीमान चेतन मानन्धरलाई नेपालगन्जको धम्बोझी चोकमा खुँडा प्रहार गरी हत्या गरेको थियो । तरुण दल बाँके-३ का तत्कालीन सभापतिसमेत रहेका रिगल जेल सजाय भोग्दै आएका थिए । तर संविधान दिवसका दिन सरकारको सिफारिसमा राष्ट्रपतिले आममाफी दिएका थिए ।