लागु औषधसहित पाँच जना पक्राउ, भिडियो एक्सरे गरेर मलद्धारभित्रको लागु औषध निकालियो


उदयपुर ।

उदयपुरको चौदण्डीगढी नगरपालिका ६ स्थित इलाका प्रहरी कार्यालयले सोमबार पाँच जनालाई लागु औषध सहित पक्राउ गरेको छ ।

पक्राउ परेका पाँचै जनाले मलद्धारमा लुकाएको लागु औषध चौदण्डीगढी अस्पतालमा भिडियो एक्सरे गरेर हेरेपछि निकालिएको छ ।

जिल्ला प्हरी कार्यालय उदयपुरका सूचनना अधिकारी तथाप्रहरी नायव उपरिक्षक हरिनन्दन चौधरीले दिएको जानकारी अनुसार मलद्धारमा लागु औषध लुकाएर प्रयोग गर्न ल्याउनेहरुमा चौदण्डीगढी ६ का विनोद रायृको साथबाट लेवल नभएको फेरागन ५ एम्पुल, विदुर राईको साथबाट फेरागन १ एम्पुल फेला परेको छ ।

यसैगरी चौदण्डीगढी ६ कै २० वर्षीय विशाल रायृको साथबाट लुपिजेसिक १ एम्पुल, डाइजेपाम ५ एम्पुल, फेनारागन ६एम्पुल, सोही ठाउँ बस्ने ३२ वर्षिय मनोज राईको साथबाट फेनारागन २ एम्पुल, लुपिजेसिक ३ एम्पुल, लेवल नभएको ४ एम्पुल र सोही ठाउँ बस्ने वर्ष ३२ को प्रवेश चौहानको साथबाट लुपिजेसिक २ एम्पुल, फेनारागन र डाजेपाम १÷ १ एम्पुल फेला परेको सूचना अधिकारी चौधरीले जनाएका छन ।

पक्राउ परेका पाँचै जनालाई सोमबार नै जिल्ला अदालत उदयपुरबाट १० दिनको म्याद लिई आवश्यक अनुसन्धान भैरहेको सूचना अधिकारी चौधरीले बताएका छन ।