नेपालगन्जमा सर्वपक्षीय बैठक

0
Shares

खजुरा ।

दुई दिनदेखि अशान्त रहेको नेपालगन्जलाई धार्मिक सद्भाव कायम गरी पुरानै लयमा फर्काउने विषयमा जिल्ला प्रशासन कार्यालय बाँकेमा सर्वदलीय र सर्वपक्षीय बैठक जारी रहेको छ ।

बैठकमा लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष पाण्डेय, गृहसचिव लालबाबु कबारी, प्रतिनिधिसभा सदस्य धवल शमशेर राणा, प्रदेश सांसद कृष्णा केसी, पूर्व शहरी विकासमन्त्री इश्तियाक राई, नेपाल प्रहरीका लुम्बिनी प्रदेश प्रमुख डिआइजी उमेश राज जोशी, सशस्त्र प्रहरी डिआइजी अभि कुमार खत्री सहभागी रहेका छन्  ।

जिल्लास्थित सबै सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका प्रतिनिधि, सामाजिक सङ्घसंस्था, विभिन्न धार्मिक गुरुहरू तथा मुस्लिम अगुवा र हिन्दु अगुवाहरू लगायतको उपस्थितिमा छलफल जारी रहेको छ ।