बझाङमा भूकम्प : विद्यालय भवनबाट हाम फाल्दा विद्यार्थी घाइते

0
Shares

काठमाडाैं ।

सुदूरपश्चिममा ठूला भूकम्पको धक्का महसुस गरिएको छ । मंगलबार दिउँसो २:४० मा बझाङको तालकोटलाई केन्द्रबिन्दु बनाएर ५.३ रेक्टरस्केलको भूकम्प गएको थियो ।

दिउँसो ३:०६ मा बझाङकै चैनपुर आसपासलाई केन्द्रबिन्दु बनाएर ६.३ रेक्टरस्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जानकारी दिएको छ । लगलग दुईवटा ठूला झट्का महसुस गरेपछि स्थानीयहरू घरबाहिर निस्किएका थिए ।

भूकम्पको समयमा आत्तिएर विद्यालयको भवनबाट हाम फाल्दा एक जना विद्यार्थी घाइते भएका छन् । भूकम्पको धक्का महसुस भएसँगै विद्यालयको भवनबाट हाम फाल्दा अछाममा एक विद्यार्थी घाइते भएका हुन् । भवनबाट हाम फाल्दा घाइते भएका सन्तोषको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।