संसद् बैठकमा प्रतिपक्षी एमाले अध्यक्ष ओलीले सम्बोधन गर्ने

0
Shares

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आह्वान गरिएको छ ।

बैठक आज (मंगलबार) दिउँसो १ बजेका लागि आह्वान गरिएको संसद् सचिवालयले जनाएको छ ।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् ।

सरकारको पछिल्लो गतिविधि, देशको अर्थतन्त्र र सामाजिक अराजकता बढिरहेका बेला ओलीले संसद्मा बोल्ने समयको माग गरेका छन् ।