व्यापारीलाई अपहरण गर्ने दुईजना पक्राउ

0
Shares

काठमाडों ।

अपहरणको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेकाे छ। पक्राउ पर्नेमा काभ्रेका भोजबहादुर लामा र आशलाल लामा छन् । उनीहरूलाई सोमबार महानगरीय प्रहरी वृत्त महाराजगन्जको टोलीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार सोमबारै उनीहरूले काभ्रेका एक बुद्धचित्त मालाका व्यापारीलाई अपहरण गरेको खुलेको छ ।  उनीहरू दुईजनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।