एसियन क्रिकेट भारतसँग पराजितपछि ओलीले भने, ‘हाम्रो प्रतिस्पर्धा क्षमता बढेको छ’

0
Shares

काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली क्रिकेटरले खेलेको खेल प्रति सन्तुष्ट व्यक्त गरेका छन् । एशियाली खेलकूद प्रतियोगिता अन्तर्गत टी–२० क्रिकेट अन्तर्गत क्ववाटर फाइनल खेलमा नेपाल भारतसँग २३ रनले पराजित भए पछि ओलीले सो एकदिन जीत हुनेमा आशावादी हुनु पर्ने बताएका छन ।

‘मात्र २३ रनको फरक, हाम्रो प्रतिस्पर्धी क्षमता बढेको छ,’ ओलीले सामाजिक सञ्जालमा लेखेका छन, ‘कोसिस गर्नेको एक दिन अवश्य जित हुन्छ । चीनको हाङजाउमा मंगलबार बिहान भएको नेपाल भारतसँग २३ रनले पराजित भएको थियो । भारतले दिएको २०३ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल नौ विकेटको क्षतिमा १७९ रनमा सिमित हुदैँ बाहिरिए पछि ओलीको सो प्रतिक्रिया आएको हो ।

भारतसँगको खेलमा नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ३२, कुशल मल्ल र सन्दीप जोराले २९–२९, कुशल भुर्तेलले २८, करण केसीले १८ र आशिफ शेखले १० रन बनाएका थिए भने अन्य खेलाडले दोहोरो अंक पनि जोड्न नसके पछि अन्ततः नेपाल २३ रनले पराजित हुन पुग्यो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले दुई, सोमपाल कामी र सन्दीप लामिछानेले एक–एक विकेट लिन सफल भएका थिए । यो हारसँग नेपाल प्रतियोगिताबाट नै बाहिरिएको छ भने भारत सेमिफाइनलमा प्रवेश गरेको छ।