राप्रपाद्वारा पार्टी प्रवक्तासहित केन्द्रीय सदस्यलाई अनुशासन कारबाही (नामावलीसहित)

0
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मोरङ जिल्ला कार्यसमितिका प्रवक्तासहित केन्द्रीय सदस्यलाई अनुशासन कारबाही गरेको छ ।

उक्त जिल्ला कार्यसमितिका पूर्व प्रवक्ता कृष्ण घिमिरेलाई निलम्बन गरिएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार केन्द्रीय सदस्य नवराज पनेरू (राजु) लगायतलाई पार्टीले अनुशासनको कारबाही गरेको छ ।

हिजो (सोमबार) बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले पार्टी हितविपरीत कार्य गरेको भन्दै अनुशाससन कारबाही गरेको प्रवक्ता श्रेष्ठले बताए ।