नानिचा याःको दिन महिलाले रथ तानेसँगै इन्द्रजात्रा सकिय



काठमाडौं । उपत्यकामा सात दिनयता चल्दै आएको इन्द्रजात्रा अर्थात् ये“याः सोमबार नानिचा याःको दिन महिलाले रथ तानेसँगै सकिएको छ । असोज ९ गते मंगलबार शुरू भएको जात्राको अन्तिम दिन वसन्तपुर हनुमानढोकास्थित कुमारीघरदेखि नरदेवी हुँदै इन्द्रचोकतर्फ कुमारीको रथ तानिएको थियो । जात्राको अन्तिम दिन विधिपूर्वक कुमारी र अन्य देवीदेवताको पूजाआजा गरिएको थियो ।

जात्राको अन्तिम दिन राति ९ बजे राष्ट्रपति रामचन्द्र पौडेल कुमारीको हातबाट टीका ग्रहण गर्न पुग्नुभएको थियो । वसन्तपुर क्षेत्रमा २९ गुठीले विभिन्न थरीका नाच र पर्वको आयोजना गरेका थिए । हनुमानढोकास्थित किलागलबाट शुरू भएको कुमारीको रथयात्रा लाखे, पुलुकिसी, सवाभकु (हल्चोक आकाश भैरव) को नाचगानसहित वसन्तपुर, जैसीदेवल, कोहिटी, भीमसेनस्थान, मरुटोल, नरदेवी, टंगाल, असन, इन्द्रचोक, हनुमानढोकालगायत ठाउ“मा परिक्रमा गराइएको थियो ।

गत असोज ९ गते मंगलबार बिहान १० ः ३७ बजे परम्परागत रूपमा बाजागाजा, सैनिक सलामी तथा स्थानीयको उपस्थितिमा यँसिद्यः (इन्द्रध्वज) लाई उत्थान गरिएको थियो । यससँगै इन्द्रजात्रा शुरू भएको थियो । यस जात्रामा विशेष गरी कुमारी, भैरव र गणेशको पूजा गरिएको थियो । जात्रा अवधिभर विभिन्न देवीदेवताको नाच प्रस्तुत गरिएको थियो ।

इन्द्रजात्रामा तान्त्रिक विधिद्वारा पूजा गरिएको कालो बोकालाई काभ्रेको नालास्थित जंगलमा छाड्दा उसले सबैभन्दा पहिले छोएको रूखलाई काटेर लिंगो बनाइन्छ । यसरी तयार पारिएको ‘यःसी’ अर्थात् लिंगोलाई वसन्तपुर दरबार क्षेत्रको हनुमानढोकास्थित काल भैरवअगाडि तान्त्रिक विधिबाट पूजा गरेर ठड्याउने चलन छ । यःसी ठड्याएपछि जात्रा शुरू भएको थियो । इन्द्रध्वजालाई नेपाल भाषामा यसी भनिन्छ । यो जात्राको अर्थ काठसँग जोडिएको छ । य भनेको रमाइलो र मनपर्ने हो, सी भनेको काठ हो । लिंगो ठड्याएपछि शुरू हुने रमाइलो जात्रा हो । इन्द्रजात्रा करिब तीन सय वर्षअघि मल्ल राजा जयप्रकाश मल्लको पालामा शुरू गरिएको मानिन्छ ।

इन्द्रजात्रा अवधिमध्ये एक दिन हनुमानढोकामा रहेको श्वेत भैरव (हाथा द्यः) को मुखबाट निस्कने प्रसाद महिलालाई मात्रै खुवाइन्छ । प्रसादको रूपमा कथःथ्व (जा“ड) खुवाउने चलन छ । प्रसाद खान चाहने महिलाहरू लाइन लाग्नु पर्छ । प्रसाद रातको समय खुवाइन्छ ।

सोमबार राति पनि प्रसाद खान सयौं महिलाहरू हनुमानढोकामा उपस्थित भएका थिए । उनीहरू प्रसाद खान त“छाडमछाड गरिरहेका थिए । श्वेत भैरवको मूर्तिको मुखमा जोडिएको पाइपबाट प्रसाद बा“डिएको थियो । इन्द्रजात्राको चर्चित किंवदन्तीअनुसार कुनै बेला स्वर्गलोकका राजा इन्द्र आफ्नी आमालाई वसुन्धरादेवीको व्रतका लागि पारिजातको फूल र कर्कलो लिन मानव रूप धारण गरी पृथ्वीमा आउनुभएको थियो । उहा“ काठमाडौं उपत्यका आइपुगेपछि एउटा बगैंचामा पारिजात र कर्कलो देखेपछि मालीलाई नसोधी फूल चोर्न पस्नुभयो । बगैंचामा चोर देखेपछि स्थानीयले तान्त्रिक शक्तिमार्फत् इन्द्रलाई पाता कसेर सार्वजनिक स्थलमा ल्याएको थियो ।

छोरो काठमाडौंमा बा“धिएको पत्तो पाएपछि इन्द्रकी आमा आई छोराको बदलामा कुहिरो दिने वाचा गरी इन्द्रलाई फर्काएर लग्नुभयो । त्यसैको सम्झनामा इन्द्रजात्रा शुरू भएको जनविश्वास रहेको छ । यो मौसममा लाग्ने कुहिरोका कारण अन्नबाली राम्रो हुने जनविश्वास अहिले पनि रह“दै आएको छ । पञ्चांग समितिले दिएको साइतअनुसार राति ८ ः ३७ बजे इन्द्रध्वज पतन गरेसंगै यस वर्षको इन्द्रजात्रा पर्वका सबै कार्यक्रमहरू समापन भएको छ ।

प्रतिक्रिया दिनुहोस्