दोलखाबाट ४ किलो सुन बरामद



काठमाडौं ।

दोलखामा प्रहरीले ४ किलो सुन बरामद गरेको छ । दोलखाको चीनसँगको फलेक नाकाबाट आएको सुन बिगु गाउँपालिका–१, लामाबगरबाट बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले केही दिनअघि दोलखाबाट ७ किलो सुन बरामद गरेको थियो । त्यसको अनुसन्धान गर्दै जाँदा आइतबार थप चार किलो सुन पनि भेटिएको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) सहितको टोलीले ३ भदौमा रसुवागढी नाकाबाट आएको दुई र १३ असोजमा १ किलो सुन समेत बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्