उपत्यका विशेष प्रदेश कमिटीको अधिवेशन लोगो सार्वजनिक 



काठमाडौं ।

नेकपा एमाले प्रवेश विशेष कमिटीको अधिवेशनको लोगो सार्वजनिक भएको छ । आज राजधानीमा आयोजित कार्यक्रममा कमिटीका इन्चार्ज सुजिता शाक्यले सो लोगो सार्वजनिक गरेका थिए ।

 लोगोमा उपत्यका झल्कने गरी तयार गरेको छ । लोगो तयार गर्ने नेता महेन्द्र श्रेष्ठले पहिलो अधिवेशनको लोगोमा उपत्यकाभित्र बग्ने वागमती नदीलाई आकर्षक रूपमा तयार गरिएको छ । लोगोमा  भक्तपुर , ललितपुर र काठमाडौँको सम्पदा क्षेत्रको चिनारी दिने ऐतिहासिक सम्पदाचित्र राखिएको छ ।

कामिटिको महाअधिवेशन यही १९ र २० मा काठमाडौंमा हुँदैछ । अधिवेशनको पार्टी अध्यक्ष केपी ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटन राष्ट्रिय सभागृहमा हुनेछ भने बन्द सत्र र चुनावी प्रक्रिया च्यासलस्थित पार्टी मुख्यालयमा आयोजना हुने कमिटीका अध्यक्ष प्रेप प्रसाद पराजुलीले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्