आइतबार आठ सय रुपैयाँले घट्यो सुनको भाउ, कतिमा हुँदै छ काराेबार ?

0
Shares

काठमाडौं ।

नेपाली बजारका लगातार घटिरहेको सुनको भाउ आज फेरि तोलामा आठ सय रुपैयाँले घटेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ लाख ८ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

हिजो सुन तोलाको एक लाख नौ हजार ६ सयमा कारोबार भएको थियो। एक सातायता सुनको भाउ लगातार ओरालो लागिरहेको छ।आज चाँँदीको भाउ पनि घटेको छ। आइतबार चाँदी तोलामा ३५ रुपैयाँले घटेर १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।